
काठमाडौँ, १२ भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सबै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेको बताएका छन् ।
मन्त्रीका ढकालका अनुसार अस्पताल नभएका ६ सय ४९ स्थानीय तहमा ५ शैयाको अस्पतालको सेवा तत्कालै सुरू हुनेछ । आवश्यक औजार र उपकारण खरिदका लागि आजै मात्र ६४ करोड निकासा भएको छ ।
यस अस्पतालमा तत्कालमै कम्तीमा एक जना एमबीबीएस गरेको चिकित्सक, दुइर्एजना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् । यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाइ नै दिइएको छ ।
त्यस्तै, निजी तथा सामुदायिक अस्पताललाई कोभिड अस्पतालको रूपमा व्यवस्थापन गर्ने गरी मन्त्रालयले नीतिगत निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्री ढकालले शुक्रबार उक्त निर्णय गरेका हुन् ।















प्रतिक्रिया