६ कार्तिक २०८३, शुक्रबार

रुपन्देहीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, १२ भदौ । सैनामैना नगरपालिका ५ बुद्दनगरस्थित सडकमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

शुक्रबार बिहान ना.६ ख ५७०२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका ६ कलौनी बस्ने छत्र बहादुर बिकको १६ वर्षीय छोरा बिनोद विकको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका बिनोदको लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।