६ कार्तिक २०८३, शुक्रबार

महामारीमा सबैको समन्वयमा काम गरेमात्र प्रभावकारी हुन्छ : मन्त्री ढकाल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमण महामारीमा सबैको समन्वयमा काम गरेमात्र प्रभावकारी परिणाम निस्कने बताएका छन् ।

मन्त्री ढकालले बिहीबार मन्त्रालयमा स्काउट र हिसानका अध्यक्षसँग छलफल गर्दै आवश्यक सहयोगका लागि तयार रहन समेत अनुरोध गरे ।

छलफलमा महामारीको यस समयमा कलेजका भवन, होस्टल, बसलगायतका स्रोतको सदुपयोग सरकारले गर्ने बारेमा सकारात्मक कुराकानी भएको मन्त्री ढकालका प्रेस एड्भाइजर माधवप्रसाद तिवारीले जनाएका छन् ।

छलफलमा हिसानका अध्यक्ष रमेश सिलवाल र स्काउटका अध्यक्ष भण्डारी दुवैले कोरोना महामारीको यो समयमा सरकारले लिने कुनै पनि कदममा साथ दिन तयार रहेको जानकारी दिए । उनीहरूले मन्त्रालयले गर्ने प्रस्तावमा मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

मन्त्री ढकालले कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणमा नेपाल स्काउट र उच्च माध्यामिक विद्यालय संघ (हिसान)का तर्फबाट हुन सक्ने सहयोगका विषयमा बिहीबार मन्त्रालयमा छलफल गरेका हुन् ।

मन्त्री ढकाललले नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारी र संघका अध्यक्ष रमेश सिलवालसँग कोरोना रोकथाम र नियन्त्रणमा खेल्ने सक्ने भूमिकाका बारेमा छलफल गरेका हुन् ।