६ कार्तिक २०८३, शुक्रबार

सरकारले तोक्यो श्रेष्ठलाई कोभिड–१९ को फोकल पर्सन

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ भदौ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को फोकल पर्सनका लागि महेन्द्र श्रेष्ठलाई तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आज मन्त्रीस्तरिय निर्णय गर्दै मन्त्रालयका १२ औँ तहका कर्मचारी श्रेष्ठलाई कोभिड–१९ को फोकल पर्सनका रुपमा तोकेका हुन् ।

यसअघि श्रेष्ठले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा मन्त्रालयका तर्फबाट नेतृत्व गरेका थिए । उनले स्वास्थ्य सेवा विभागको महानिर्देशक र मन्त्रालयको प्रवक्ताको समेत भूमिका निर्वाह गरिसकेका छन् । –रासस