
काठमाडौँ, ११ भदौ । धनुषामा मृत्यु भएका एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना देखिएको हो ।
उनलाई वुधबार रुघाखोकी र ज्वरो आएपछि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो । उनको उपचार सुरु भएको २ घण्टामा नै मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यससँगै धनुषामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।















प्रतिक्रिया