६ कार्तिक २०८३, शुक्रबार

२४ घण्टामा थप ५६९ कोरोनामुक्त, निको हुनेको संख्या २० हजार नाघ्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ भदौ । नेपालमा गत २४ घण्टामा थप ५ सय ६९ जना उपचारपछि कोरोना संक्रमणमुक्त भएका छन् ।

बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ५ सय ६९ जना संक्रमित निको भएर डिस्चार्ज भएको जानकारी दिए ।

योसहित निको हुनेको संख्या २० हजार ७३ जना पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या ३५ हजार ५ सय २९ जना पुगेको छ । त्यस्तै, हालसम्म देशभरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ८३ जना पुगेको छ ।