६ कार्तिक २०८३, शुक्रबार

उपत्यकामा एकैदिन थपिए ३७७ जना कोरोना संक्रमित, काठमाडौँमा मात्रै २७०

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ भदौ । काठमाडौँ उपत्यकामा थप ३ सय ७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा २ सय ७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ गरी उपत्यकामा ३ सय ७७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

देशभर बिहीबार थप १ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।