६ कार्तिक २०८३, शुक्रबार

कर्णालीमा थपिए २५ कोरोना संक्रमित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ११ भदौ । कर्णाली प्रदेशमा पछिल्लो थप २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा भएको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

थपिएका संक्रमितहरुमा दैलेखको दुल्लु नगरपालिकाका ६ ६ जना महिला र पुरुष गरी १२ जना रहेका छन् ।

यस्तै, काठमाडौंका ३ जना, सुर्खेत, जाजरकोट र बाँकेका दुईरदुईजना, भक्तपुर, रुपन्देही, सिन्धुपाल्चोक र सल्यानका एकरएकजना रहेका छन् ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ४४ पुगेको छ । जसमध्ये २ हजार २५ जना डिस्चार्ज भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ । ३१३ जना संक्रिय संक्रमितहरु रहेका छन् ।