
काठमाडौँ, १० भदौ । सरकारले ६० सह–सचिवहरुको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वुधबार एकैपटक ६० जना सहसचिवको सरुवा गरेको हो ।
मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सह–सचिव दिनेशकुमार घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ विराटनगर पठाएको छ ।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सहसचिव राधिका अर्यालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश, हेटौँडा सरुवा गरेको छ ।
गृहमन्त्रालयका सह–सचिव महादेव पन्थलाई सामाजिक विकास मन्त्रालय, प्रदेश ५, बुटबल खटाइने भएको छ ।
उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका रघुराम विष्ट सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढीमा सरुवा भएको छ ।
















प्रतिक्रिया