६ कार्तिक २०८३, शुक्रबार

२४ घण्टामा ३८५ जना भए कोरोनामुक्त

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० भदौ । नेपालमा गत २४ घण्टामा थप ३ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ सय ८५ जना निको भएको जानकारी दिए ।

यससँगै निको हुनेको संख्या १९ हजार ५ सय ४ जना पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३४ हजार ४ सय १८ जना पुगेको छ । त्यस्तै, थप ११ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।