
काठमाडौँ, १० भदौ । सरकारले निजी मेडिकल कलेजलाई कोरोनाभाइरसको परीक्षण गर्न अनुमति दिएको छ ।
यससँगै कोरोना संक्रमितलाई उपचार गर्दै आएका निजी मेडिकल कलेजहरूले परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न पाउने भएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार निजी मेडिकल कलेजले पीसीआर परीक्षण गर्ने अनुमतिका लागि एक तिहाई बेड कोभिड १९ का बिरामीलाई छुट्याउनुपर्ने व्यवस्था छ ।
निजी प्रयोगशालालाई कोभिड १९ को परीक्षण पीसीआर गर्ने अनुमति दिने निर्देशिका ०७७ अनुसार प्रयोगशालाहरुको मापदण्ड पुगेको हुनुपर्नेछ ।















प्रतिक्रिया