६ कार्तिक २०८३, शुक्रबार

अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि एनओसी खुला गर्ने सरकारको निर्णय

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० भदौ । सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुका लागि आवश्यक ‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने भएको छ ।

शिक्षा मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नो अब्जेक्सन लेटर (एनओसी) दिने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिएका छन् ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि गत चैतदेखि जारी लकडाउनमा सरकारले एनओसी बन्द गरेको थियो ।

अन्तर्राष्ट्रिय उडान खुला गर्ने तयारीसँगै सरकारले विद्यार्थीलाई उक्त लेटर वितरणको बाटो खुला गरेको हो ।