६ कार्तिक २०८३, शुक्रबार

कैलालीमा मृत्यु भएको १० दिनपछि कोरोना पुष्टि, मलामीको स्वाब संकलन गरिँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ भदौ । कैलालीमा एक व्यक्तिमा मृत्यु भएको १० दिनपछि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बर्दगोरिया गाउँपालिका– ५ का ४९ वर्षीय पुरुष साउन ३२ गते बेहोस भएका थिए । उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

उनको कैलालीकै मोहन्याल गाउँपालिका–३ मा मृत्यु भएको थियो । आफन्तले भदौ १ गते शव बुझेका थिए । त्यसैक्रममा कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर परीक्षण लागि पठाइएको बताइएको छ ।

बर्दगोरियाका स्वास्थ्य शाखा प्रमुख कृष्ण देव जोशीका अनुसार आज रिपोर्ट आउदा कोरोना पोजेटिभ देखिएको हो ।

उनको अन्तिम संस्कारमा करिब अन्य १५० जनाको सहभागीता रहेको अनुमान गरिएको छ ।

जोशीले उनीसँग सम्पर्कमा आएकाहरुको वुधबार स्वाब संकलन गर्ने तयारी भइरहेको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीले उनको मृत्यु झाडापखालाले भएपनि स्वाब परीक्षणमा कोरोना पुष्टि भएको बताएको छ ।