६ कार्तिक २०८३, शुक्रबार

लमजुङ–अमेरिका सेवा समाजबाट पहिरो पीडितलाई ८ लाख सहयोग

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, ९ भदौ । अमेरिका सेवा समाजले लमजुङका पहिरो पीडितलाई ८ लाख रुपैंया सहयोग गरेको छ ।

पहिरोबाट घर पूर्ण रुपमा भत्किएर बिचल्ली भएका लमजुङ जिल्लाका ८ वटै स्थानीय तहका ४७ घरपरिवारलाई लमजुङ अमेरिका सेवा समाजले ८ लाख २० हजार रुपैंया नगद आर्थिक सहयोग गरेको हो ।

क्षतिको अबस्थालाई हेरेर प्रतिपरिवार ५ हजारदेखि २० हजार रुपैंयासम्म सहयोग गरिएको लमजुङ अमेरिका–सेवा समाजका अध्यक्ष शशि थापाले जानकारी दिए ।

सहयोग रकम पाउनेमा मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ पल्लोटारीका मात्रै २४ घरपरिवार रहेका छन् । यही साउन ५ र ७ गते अविरल वर्षासँगै आएको पहिरोले पूर्ण घर भएको २४ परिवारलाई प्रतिपरिवार २० हजारका दरले ४ लाख ८० हजार रुपैंया सहयोग गरिएको थियो ।

लमजुङ अमेरिका सेवा समाजले सहयोग संकलन गरि पठाएको रकम पहिरो प्रभावित क्षेत्रमा पुगेर लमजुङका स्थानीय नेता एवं समाजसेवी जीवनकुमार श्रेष्ठ र संचारकर्मी एवं काठमाडौं नेचुरोपेथी अस्पतालका अध्यक्ष गणेश पाण्डेले हस्तान्तरण गरेका थिए ।

केही स्थानमा भने लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, प्रहरी नायब उपरीक्षक गंगा थापाको उपस्थितिमा पीडितलाई सहयोग हस्तान्तरण गरिएको थियो ।

लमजुङ–अमेरिका सेवा समाजले प्राकृतिक विपत्तिमा परेकालाई यसअघि पनि यसैगरी सहयोग गर्दै आएको थियो । आगामी दिनमा पनि परोपकारी कार्यलाई निरन्तरता दिइने अध्यक्ष थापाले जानकारी दिए ।