
काठमाडौँ, ९ भदौ । नेपालमा थप ३ सय १३ जनाले कोरोना जितेका छन् ।
मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ सय १३ जना कोरोनामुक्त भएको जानकारी दिए ।
योसहित निको हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ ।
हाल देशभर १३ हजार ७ सय १५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै, गत २४ घण्टामा थप ८ सय ५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै संक्रमितको संख्या ३३ हजार ५ सय ३३ जना पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १ सय ६४ जना पुगेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया