६ कार्तिक २०८३, शुक्रबार

मंगलबार थप ८५५ मा कोरोना संक्रमण, संक्रमितको संख्या साढे ३३ हजार

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ भदौ । नेपालमा थप ८ सय ५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ८ सय ५५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ३३ हजार ५ सय ३३ जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ सय १३ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ ।

हाल देशभर १४ हजार २ सय ५० सक्रिय संक्रमित रहेको प्रवक्ता गौतमले जनाए । पछिल्लो २४ घण्टामा थप ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण भएको थियो ।