
काठमाडौं, ९ भदौ । काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत नेपाली कांग्रेस काठमाडौंका नेता गोविन्द रञ्जितको मृत्यु भएको हो । उनी निमोनियाबाट समेत ग्रसित थिए ।
योसँगै मुलुकभर कोरोना संक्रमणबाट बाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ ।
मृतक रञ्जित नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–२१ का इकाइ सभापति हुन् । उनलाई एक साताअगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । उनका परिवारका सदस्यमा पनि कोरोना देखिएको छ ।
उनको मृत्युबारे नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले शोक व्यक्त गरेका छन् ।















प्रतिक्रिया