
वीरगन्ज, ९ भदौ । पर्सामा थप ३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितमा १० महिला र २२ जना पुरुष रहेका छन् ।
उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशलामा परीक्षण गरिएको थियो ।
थपिएका संक्रमितमध्ये वीरगन्ज महानगरपाकिलकामा मात्रै १४ जना रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार, वीरगन्ज महानगरपालिका १२ का ३ जना, वडा नम्बर १४ का २ जना तथा वडा नम्बर ३, ४, ८, ९, १०, ११, १५, १६ र १७ का १र१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कालिकामाई गाउँपालिका वडा नम्बर २ र ५ का गरेर १२ जना, जगरनाथपुर गाउँपालिकाको वडा नम्बर २, ३, ५ र ६ का गरेर ५ जना र जिराभवानी गाउँपालिका ४ का १ जनामा पनि संक्रमण पुष्टि प्रशासनले जनाएको छ ।
यससँगै पर्सामा संक्रमितको संख्या १ हजार ९ सय ७८ जना पुगेको छ ।















प्रतिक्रिया