३० आश्विन २०८३, शुक्रबार

पोखराका प्रतिक्षालयहरु वरपर शवै शव !

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ९ भदौ । पोखराको इन्द्रपुरी चोकमा मंगलबार १ जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

अन्दाजी ४०–४५ वर्षका पुरुष इन्द्रपुरी चोकको सडकको नाली छेउमा मृत अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डीएसपी यादव ढकालले जानकारी दिए । इन्द्रपुरी चोकनजिकै प्रतिक्षालय अगाडि सडक छेउमा बेवारिसे शव फेला परेको हो ।

शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चलल क्षेत्रीय अस्पताल पठाइएको डीएसपी यादव ढकालले बताए ।

सोमबार मात्रै पोखरामा तनहुँकी एक महिला मृत अवस्थामा फेला परेकी थिइन् । पोखरा महानगरपालिका–३३ लामेआहालस्थित प्रतिक्षालयमा तनहुँ शुक्ला गण्डकी–८ की करीब ५० वर्षीया सीता परियार मृत अवस्थामा फेला परेकी थिइन् ।

उनीहरुको हत्या हो वा आत्महत्या यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।