३० आश्विन २०८३, शुक्रबार

पोखराको लामेआहालमा महिलाको शव भेटियो

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ८ भदौ । पोखरा महानगरपालिका–३२ लामेआहालमा एक महिलाको शव भेटिएको छ ।

सोमबार बिहान उक्त बेवारिसे शव भेटिएको हो । लामेआहालस्थित प्रतिक्षालयमा कपडाले छोपिएको अवस्थामा फेला परेको उक्त शव अन्दाजी ४०–४५ वर्षीय महिलाको भएको प्रहरीले पुष्टि गरेको छ । तर, शवको पहिचान भने खुलेको छैन ।

शवको मुख, नाक र कानबाट समेत रगत बगेको देखिएको छ । स्थानीयहरुले बिहानै प्रहरीलाई खबर गरेपछि प्रहरीले शवको मुचुल्का गरी पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

उनको मत्युको कारण पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीको भनाइ छ ।

शवको साथमा पुरुषको कपडा पनि फेला परेको छ । घट्नाका सम्बन्धमा थप अनुसन्धान थालिने कास्की प्रहरीले बताएको छ ।