६ कार्तिक २०८३, शुक्रबार

१६३ अस्पतालबाट कोरोना संक्रमणको उपचार हुने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ भदौ । अब देशभरका १ सय ६३ वटा अस्पतालमा कोरोनभाइरस संक्रमणको उपचार हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अस्पतालको भौतिक अवस्था तथा जनशक्ति व्यवस्थापन लगायतको अवस्था विश्लेषण गरी मन्त्रालयले ४ तहमा वर्गीकरण गरी उपचार गर्ने व्यवस्था मिलाइएको जनाए ।

सहप्रवक्ता अधिकारीका अनुसार देशभरमा १ सय १५ अस्पतालमा कोभिड क्लिनिक, २३ अस्पतालमा लेभल १ को उपचार, १८ अस्पतालमा लेभल २ को उपचार र ७ अस्पतालमा लेभल ३ को उपचार हुनेछ ।