
काठमाडौँ, ८ भदौ । विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगर ८ का ६५ वर्षीय पुरुषको कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारको क्रममा सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
घरमै स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका उनमा आइतबार संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा रहेका उनी अस्पताल ल्याएको १ घण्टामै मृत्यु भएको अस्पतालले जनाएको छ ।
यससँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ जना प्ुगेको छ ।















प्रतिक्रिया