६ कार्तिक २०८३, शुक्रबार

१५ जना कोरोना संक्रमित भेन्टिलेटरमा, १३२ जना आईसीयूमा उपचाररत

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ भदौ । नेपालमा २४ घण्टामा ७ सय ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने थप ८ जनाको मृत्यु भएको छ ।

सोमबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको र ८ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जना पुगेको छ ।

यससँगै मृतकको संख्या १ सय ५७ जना पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर १३ हजार ७ सय १५ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितमध्ये १ सय ३२ जना सघन उपचार कक्षमा र १५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।