६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ उपत्यकामा थपिए २२४ जना कोरोना संक्रमित

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ भदौ । काठमाडौँ उपत्यकामा थप २२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

देशभर शनिबार थप ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ भने थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।