६ कार्तिक २०८३, शुक्रबार

पर्सामा थपिए ३४ कोरोना संक्रमित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ८ भदौ । नोबेल कोरोना भाइरसका ३४ जना नयाँ संक्रमित पर्सामा भेटिएका छन् । साउन ५ गतेदेखि ७ गतेसम्म जिल्लाको विभिन्न स्थानबाट संकलन गरिएका स्वाबको नमुनालाई नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा ६ जना महिला र २८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परिक्षणको आज विहान आएको रिर्पोटमा वीरगन्ज महानगरपालिकाको विभिन्न वडामा बस्ने २० जना र पर्साको पर्सागढी नगरपालिकाको वडा नं. ८ बाट १४ जना संक्रमित भेटिएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जनाकारी दिए ।

उहाँले वीरगन्ज महानगरपालिकाको वडा नं. १५ भिष्वाबाट ९ जना पुरुष र ४ जना महिला गरी १३ जना संक्रमित भेटिएको बताए ।

वीरगन्ज महानगरपालिकाको वडा नं. ४, ६, ११, १२, १६, २१ र २४ बाट १ १ जना संक्रमित भेटिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । योसँगै पर्सा जिल्लामा संक्रमितको संख्या १ हजार ९ सय ४४ पुगेको छ ।

पर्सा जिल्लामा ४ सय २५ जना महिला र १ हजार ५ सय १९ जना पुरुष संक्रमित भएका छन भने कोरोना संक्रमण कै कारण २९ जनाको हालसम्म मृत्यु भइसकेको छ ।