६ कार्तिक २०८३, शुक्रबार

कोरोना संक्रमित प्रहरीको संख्या १ हजार १४२ पुग्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ भदौ । नेपालमा कोरोना संक्रमित प्रहरीको संख्या १ हजार १ सय ४२ जना पुगेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सोमबारसम्ममा संक्रमितको संक्रमितमध्ये ७ सय ४४ जना देशका विभिन्न स्थानका अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचाररत रहेका छन् ।

त्यस्तै, बाँकी ३ सय ९८ जना भने उपचारपछि निको भइसकेको कार्यालयले जनाएको छ । संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयमा मात्रै २ सय १ जना रहेका छन् ।

त्यस्तै, महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा ७९ जना प्रहरीमा संक्रमण देखिएको छ ।

त्यस्तै, प्रदेश १ मा १ सय ५६ जना, प्रदेश २ मा १ सय २६ जना, बागमती प्रदेशमा ५० जना, गण्डकी प्रदेशमा २८, प्रदेश ५ मा ७९ जना, कर्णालीमा १६ जना र सुदूरपश्चिममा १२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।