
काठमाडौँ, ७ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको चालकमा कोरोना पुष्टि भएपछि उनको परिवार सेल्फ क्वारेन्टाइनमा बसेको छ ।
मुख्यमन्त्रीको आवासको गाडि चलाउँदै आएका २३ वर्षीया चालकमा आइतबार कोरोना पुष्टि भएको थियो ।
मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार चालकमा कोरोना पुष्टि भएसँगै मुख्यमन्त्री त्रिलोचन भट्ट, उनकी श्रीमती, दुई छोरी र एक छोरा मुख्यमन्त्री निवासमै सेल्फ क्वारेन्टाइन बसेका छन् ।
मुख्यमन्त्री, परिवारका सदस्य र चालकका परिवारको स्वाब सोमबार मात्र लिइने भएको छ ।
यस्तै सेती प्रादेशिक अस्पतालमा कार्यरत दुई महिलामा पनि कोरोना पुष्टि भएको छ । अस्पतालमा कार्यरत ६० वर्षीया र २७ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।















प्रतिक्रिया