
काठमाडौँ, ७ भदौ । सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार छलफल हुने भएको छ ।
बालुवाटार स्रोतका अनुसार उनीहरुबीच भोलि विहान ९ बजे छलफल हुने समय तय भएको हो ।
पार्टीको आन्तरिक विवाद समाधानका लागि साउन ३० गते गठित कार्यदलले बुझाएको प्रतिवेदनको विषयमा छलफल गर्न सोमबार उनीहरुबीच छलफल हुने भएको हो ।
कार्यदलले ओली नै ५ वर्षका लागि प्रधानमन्त्री हुने, पार्टीलाई सुदृढ बनाउन आपसी छलफल र समझदारीबाट अघि बढ्नुपर्ने र विवादित विषयहरु महाधिवेशनबाट टुंगो लगाउनुपर्ने सुझावसहित प्रतिवेदन बुझाएको थियो ।
अध्यक्षद्वयबीच आजै छलफल हुने भनिए पनि प्रतिवेदन अध्ययनको काम बाँकी नै रहेकोले सोमबार भेटवार्ता हुने भएको स्रोतले जनाएको छ ।















प्रतिक्रिया