६ कार्तिक २०८३, शुक्रबार

मोरङमा ५० सहित प्रदेश १ मा थपिए ७० कोरोना संक्रमित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ भदौ । प्रदेश नं. १ मा आइतबार थप ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये विराटनगरामा मात्रै ४२ जना रहेका छन् । प्रदेशमा थपिएका संक्रमितमा २७ महिला र ४३ पुरुष छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका एक जनामा संक्रमण पुष्टि भएको हो ।

विराटनगरमा १८ महिला र २४ पुरुषसहित थप ४२ जना संक्रमित थपिएका हुन् । मोरङको बूढीगंगाका ४ महिला, एक पुरुष, केराबारीका २ र स्थानीय तह नखुलेका एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुमा झापाको कमल गाउँपालिकामा एक महिला, २ पुरुष, झापा गाउँपालिकामा एक पुरुष, बिर्तामोडमा २ महिला, कनकाइमा एक महिला, गौरादहमा २ पुरुष र स्थानीय तह नखुलेका एक पुरुष रहेका मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीका एक महिला ८ पुरुष तथा प्रदेश १ बाहिरको धनुषाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

आइतबार प्रदेशमा ८ सय ५ जनाको स्वाब परीक्षण गर्दा ७० जनामा संक्रमण देखिएको हो । हालसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ५९ पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा थप २५ जना डिस्चार्ज भएका छन् । कोभिड– १९ आइसोलेसन केन्द्र रंगेलीबाट २२ र कोभिड–१९ आइसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरबाट तीन जना डिस्चार्ज भएका हुन् ।

यससँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार २ सय ६७ पुगेको छ ।