
काठमाडौँ, ७ भदौ । नेपालमा थप २ सय ८१ जनाले कोरोना जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ८१ जना निको भएर डिस्चार्ज भएका हुन् ।
यससँगै निको हुनेको संख्या १८ हजार ६ सय ३१ जना पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ८ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
योसहित ३१ हजार ९ सय ३५ पुगेको छ । त्यस्तै, हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ४९ जना पुगेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया