६ कार्तिक २०८३, शुक्रबार

कोरोनाका कारण थप ३ को मृत्यु, थपिए ८१८ कोरोना संक्रमित

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ भदौ । नेपालमा थप ८ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ८ सय १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ३१ हजार ९ सय ३५ जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ सय ८१ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ ।

हाल देशभर १३ हजार १ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ८ हजार २६ जनाको पीसीआर परीक्षण भएको थियो ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १ सय ४९ जना पुगेको मन्त्रालयले जनाएको छ ।