
काठमाडौँ, ७ भदौ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ काँडाघारीमा सैलुन चलाउने व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि उक्त क्षेत्र सिल गरिएको छ ।
नगरपालिकाले समुदायस्तरमै कोरोना संक्रमण फैलिएको हुन सक्ने भन्दैसैलुनमा दाह्री र कपाल काटेकाहरूको खोजी गरिरहेको छ । उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।
लुकीछिपी सैलुन सञ्चालन हुँदा संक्रमण देखिएको नगरपालिकाले जनाएको छ ।
कपाल काट्न को को कहाँबाट गएका भन्नेबारे खोजी भइरहेको नगरपालिकाले जनाएको छ ।
उक्त क्षेत्र घना बस्ती भएको क्षेत्र भएकोले कडा सुरक्षा व्यवस्था गरिने जनाइएको छ ।
त्यस्तै, नगरपालिकामा तीजको दर खाँदा पनि संक्रमण फैलिएको आशंका गरिएको छ ।
उक्त नगरपालिकाका ७१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
पछिल्लो समय काठमाडौँ उपत्यकामा दैनिक करिब २ सयको दरले संक्रमित बढीरहेका छन् ।















प्रतिक्रिया