६ कार्तिक २०८३, शुक्रबार

सर्लाहीमा प्रहरीद्वारा लागुऔषध बरामद

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

सर्लाही, ७ भदौ । प्रहरीले सर्लाहीको हरिवन नगरपालिका ५ घुर्कौलीबाट लागुऔषध बरामद गरेको छ ।

नियन्त्रित लागुऔषध १०१ बोतल डाइलेक्स डिसी, १९८ बोतल वयरलेक्स, ९०० थान नाइट्रोभेट र २०० थान स्पास्मो आइतबार बिहान प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीलाई देखेपछि बा ६२ प ४६४१ नम्बरको मोटरसाइकल छाडेर चालक फरार भएका थिए ।

त्यसपछि मोटरसाइकल जाँच गर्दा उक्त लागुऔषध फेला पारी मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले शंकास्पद एकजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।