६ कार्तिक २०८३, शुक्रबार

टोखामा वडाध्यक्षसहित स्वयंसेवक समितिले थाल्यो निरीक्षण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ भदौ । टोखा नगरपालिका वडा ५ मा वडाध्यक्ष जगन्नाथ ढकालसहित स्वयंसेवकहरुको टोली निरीक्षणमा खटिएको छ ।

कोरोनाभाइरसको बढ्दो संक्रमणको जोखिमलाई ध्यानमा राखेर निरीक्षण गर्न थालिएको हो ।

स्थानीय प्रहरीसँग सहकार्यमा स्वयंसेवक समितिले कोरोना रोकथाम तथा व्यवस्थापनका लागि आवश्यक सम्पुर्ण गतिविधिहरु सञ्चालन गर्ने छन् ।

वडाध्यक्ष ढकालले भने, “बढ्दो कोरोना महामारीको अवस्थालाई मध्यनजरमा राखेर आफुहरुले स्वयंसेवक समिती गठन गरेको र कुनै पनि परिस्थिति आइलागेमा स्वयंसेवक समितिबाट नै सम्पुर्ण कार्यहरु समाधान गरिनेछ ।”

समितिले वडाभित्र कोही पनि मानिसमा कोरोनाको लक्षण देखिएमा पीसीआर परीक्षणका लागि वडा कार्यालयलाई जानकारी दिनेछ ।
त्यस्तै, कोरोना पोजेटिभ देखिएर होम आइसोलेसनमा रहेकाहरुलाई खाद्यान्नलगायतको सामाग्री व्यवस्था गर्नेछ ।

समितिले संक्रमितको मृत्यु भएमा परिवारको सहमतिमा शव व्यवस्थापनका लागि वडा कार्यालयलाई सहयोग गर्नेछ ।