
काठमाडौँ, ६ भदौ । काठमाडौँ उपत्यकामा थप २ सय १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
देशभर शनिबार थप ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया