६ कार्तिक २०८३, शुक्रबार

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ५ भदौ । वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका २६ सुगौली निवासी ५८ वर्षीय पुरुष रहेका छन् ।

मृगौला खराब भएका उनको शुक्रबार बेलुका ८ बजे मृत्यु भएको हो । बिहीबार राती १ बजे वीरगञ्जकै तराई अस्पतालबाट रिफर भएर कोरोना अस्पताल पुगेका थिए । उनको स्वास्थ्य बिग्रिएपछि उनलाई कोरोना अस्पतालको भेन्टिलेटरमा राखिएको थियो ।

यसअघि शुक्रबार नै अर्का एक संक्रमितको मृत्यु पुष्टि भएको थियो ।