६ कार्तिक २०८३, शुक्रबार

पर्सामा ७९ सहित प्रदेश २ मा थपिए २६५ कोरोना संक्रमित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ भदौ । प्रदेश २ मा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ भने बिहीबार थप २ सय ६५ जना संक्रमित थपिएका छन् ।

मृत्यु हुनेमा धनुषाको नगराइन नगरपालिका ३ फुलगाका ५० वर्षीय पुरुष र सर्लाहीको मलंगवा नगरपालिका ९ का ४० वर्षीय पुरुष रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा मृतकको संख्या ५३ पुगेको छ ।

बिहीबार थपिएका संक्रमितहरुमध्ये धनुषामा २९ जना, महोत्तरीमा १७ जना, सिरहामा २१ जना, बारामा ३८ जना, पर्सामा ७९ जना, सर्लाहीमा ५० जना, रौतहटमा १२ जना र सप्तरीमा १९ जना रहेका छन् । योसहित संक्रमितको संख्या ८ हजार ३ सय २८ पुगेको छ ।