६ कार्तिक २०८३, शुक्रबार

नेकपा कार्यदलले शुक्रबारसम्ममा प्रतिवेदन तयार पार्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानको लागि बनेको कार्यदलले शुक्रबारसम्म निष्कर्ष निकाल्ने भएको छ ।

पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद चुलिँदै गएपछि पार्टीको स्थायी कमिटीको बैठक पनि स्थगित हुँदै आएको छ ।

विवाद समाधानका लागि गठन गरिएको कार्यदलमा महासचिव विष्णु पौडेल नेतृत्वमा रहेको छ । कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल दुवै पदबाट राजीनामा दिनु नपर्ने किसिमले प्रतिवेदन तयार पारेको स्रोतले जनाएको छ ।

विधि–पद्धति मिचेर दुई अध्यक्षले आफूखुसी कार्यदल गठन गरेको भन्दै पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएपछि सोमबार सचिवालय बैठक राखेर अनुमोदन गरिएको थियो ।

सहमतिका प्रारम्भिक खाकामा मन्त्रिपरिषद् र प्रदेश सरकार पुनर्गठन पनि विकल्प छ ।