
काठमडौँ, ४ भदौ । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लाको देवदह मेडिकल कलेज भलुहीमा उपचाररत देवदह नगरपालिका ३ का ७० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।
मृतक उच्च रक्तचाप, पक्षघात र मधुमेहका बिरामी थिए । देवदह नगरपालिकाका स्वास्थ्य संयोजक काशिनाथ बञ्जाडेका अनुसार केही दिनअघि उनको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचार गराइएको थियो । देवदह मेडिकल कलेजमा उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
उता, बारा जिल्लामा पनि थप एकको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका १० मटिअर्वा बस्ने ५९ वर्षीय पुरुष रहेका छन् ।
वुधबार राती उनमा श्वासप्रश्वासमा समस्य भएपछि नारायणी अस्पताल लगिएको थियो । उनको अस्पताल पुर्याउने बित्तिकै मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको मृत्युपछि संकलन गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
यससँगै कोरोनाका कारण मृत्यु हुनेमा बारामा ५ जना पुगेको छ ।















प्रतिक्रिया