
काठमाडौँ, ४ भदौ । प्रहरीले ९ किलो बढी चरेससहित धादिङकी एक युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका ८ की २२ वर्षीया पवित्रा थिङ रहेकी छन् ।
उनलाई प्रहरीले वुधबार मध्यराती चन्द्रागिरी नगरपालिका १२ बलम्बुबाट ९ किलो ३५० ग्राम चरेससहित पक्राउ गरेको हो ।
उनी बलम्बुमा डेरा बस्ने गर्थिन् ।
महानगरीय प्रहरी वृत्त थानकोटले उनको कोठाबाट चरेस बरामद भएको जनाएको छ ।
खाटमुनि जेब्राको झोलामा चरेस लुकाएको अवस्थामा प्रहरीले थिङलाई पक्राउ गरेको हो ।
उनको श्रीमान फूलबहादुर तामाङ भने फरार रहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया