
काठमाडौँ, ४ भदौ । कपिलवस्तुमा थप २४ जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये १० प्रहरी समेत रहेका छन् । यससँगै जिल्लामा संक्रमितको संख्या एक हजार नाघेको छ ।
बिहीबार जिल्लाको कृष्णनगर नगरपालिका क्षेत्रका एकैपटक २४ जना कोरोना संक्रमित थपिएका हुन् । थपिएका संक्रमितहरु कृष्णनगर र बहादुरगंज क्षेत्रको समुदायस्तरको रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आज १० प्रहरी, बुटवलको कान्ति विद्यालयका एकसहित ४ विद्यार्थी, ३ व्यवसायी, हुलाक र भन्सारका एक एक कर्मचारी, नेपाल बैंकका एक कर्मचारी, गृहणी एक र ३ जना समुदायस्तरका छन् ।
सीमावर्ती क्षेत्रबाट समुदायस्तरमा संक्रमण फैलिएको बताइएको छ ।
जिल्लाका अन्य केही स्थानमा समेत समुदायस्तरमा संक्रमण फैलिसकेको जनाइएको छ ।















प्रतिक्रिया