
काठमाडौं, ४ भदौ । उपत्काभर अहिलेसम्म निषेधाज्ञा उल्लंघन गर्ने १ हजार १७० जनालाई प्रहरीले सडकमै ‘होल्ड’ गरेर फिर्ता पाठाएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरबाट निषेधाज्ञाको समयमा सडकमा निस्किएको भन्दै उनीहरुलाई कारबाही गरिएको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलका अनुसार उनीहरुलाई दुई घन्टा सडकमा ‘होल्ड’ गराएर छाडिएको छ ।
बिहीबारबाट प्रशासनले उपत्यकाका तीन जिल्लामा साता व्यापी निषेधाज्ञा लागू गरेको छ । पहिलो दिनमा विनाकाम निस्किएका सयौं सवारीसाधनलाई पनि प्रहरीले कारवाही गरेको छ ।
चित्तबुझ्दो जवाफ नआए सवारीसाधनको हकमा कानूनी कारबाही समेत गरिने प्रहरीले बताएको छ ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया