
काठमाडौं, ४ भदौ । बैंकका कर्मचारीलाई प्रशासन र प्रहरीले बाटैमा रोकेर कार्यालय जान अवरोध गरेपछि उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरुको कारोबार अकस्मात बन्द गरिएको छ ।
कर्मचारीहरु कार्यालय जान नपाएपछि नेपाल बैंकर्स संघले बिहीबारका लागि मात्रै उपत्यकाका सबै शाखाहरु बन्द गर्न अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले १ साताका लागि उपत्यकामा निशेधाज्ञा जारी गरे पनि न्यूनतम बैंकिङ सेवालाई सुचारु राख्न प्रशासनले सहमति दिएएको थियो ।
सो सहमतिसँगै राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कारोबार सूचारु राख्न निर्देशन दिएको थियो । तर, प्रहरीले बैंकका कर्मचारीलाई कार्यालय जान अवरोध गरेपछि बैंक खुला गर्न नसक्ने निर्णयमा पुगेको बैंकर्स संघले बताएको छ ।
सरोकारवालाहरुसँग छलफल गरेर शुक्रबारदेखि खुला गर्ने वा नगर्ने भन्ने निर्णय लिइने संघले बताएको छ ।















प्रतिक्रिया