३० आश्विन २०८३, शुक्रबार

बैंकका कर्मचारीलाई अवरोध गरिएको छैन : प्रजिअ दाहाल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । उपत्यकामा निषेधाज्ञाको पहिलो दिन बैंकका कर्मचारीलाई प्रहरी प्रशासनले बाटोमै अवरोध गरेको भन्दै उपत्यकाभर सबै बैंक तथा वित्तीय संस्थाहरुले कारोबार बन्द गरेका छन् ।

नेपाल बैंकर्स संघले बिहीबारका लागि उपत्यकाका सबै शाखाहरु बन्द गर्न अपिल गरेसँगै अहिले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु खुलेका छैनन् । तर, स्थानीय प्रशासनले भने बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई परिचयपत्रको आधारमा जानका दिइएको र कुनै अवरोध नगरेको बताएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बिहानै प्रहरीलाई सूचना तलसम्म पुर्याउन ढिलाई भए पनि १० बजेपछि कुनै पनि बैंकका कर्मचारीलाई नरोकिएको बताएका हुन् । दाहालले बैंक, बीमा, मर्चेन्ट बैंकरलगायत सबै वित्तीय क्षेत्रका साथै अन्य सरकारी तथा गैरसरकारी कार्यलयका कर्मचारीले पनि आफ्नो परिचयपत्रका आधारमा अवरोध नगरेको दाबी गरेका छन् ।

त्यसैगरी ट्राफिक प्रहरी प्रवक्ता बामदेव गौतममले समन्वयको अभावमा केही कमजोरी भए पनि सबै सर्कुलर गरिसकेको बताए । अब बैंक बीमालगायत वित्तीय क्षेत्रका कर्मचारीलाई कुनै रोकतोक नहुने गौतमको भनाइ छ ।

यो पनि पढ्नुहोस्–