६ कार्तिक २०८३, शुक्रबार

मुक्तिनाथ विकास बैंकले हायर पर्चेज कर्जाको व्याजदर घटायो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २ भदाै । कोरोना भाईरसको महामारी नियन्त्रणको लागि नेपाल सरकारले लागू गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट अर्थतन्त्रमा परेको असर संगसंगै अत्यन्त प्रवाहीत क्षेत्रको रुपमा रहेको यातायात व्यवसायमा परेको प्रभावलाई मध्यनजर गर्दै मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई प्रदान गर्दै आएको हायर पर्चेज कर्जाको व्याजदर भदाै १ गतेदेखि लागू हुने गरी २ प्रतिशतसम्म घटाएको छ ।

यसबाट गत चैत महिनादेखि भएको बन्दाबन्दीले सानो लगानीमा आफ्नो स्वआर्जन गरी व्यवसाय गर्दै आएका ग्राहकलाई पर्न गएको आर्थिक प्रभावमा राहत मिल्ने बैंकले विश्वास लिएको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।