
काठमाडौँ, ३१ साउन । नेपालमा शनिबार थप ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर संक्रमितको संख्या २६ हजार १९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाए । त्यस्तै, गत २४ घण्टामा थप १ सय २४ जनाले कोरोना जितेका छन् ।
योसहित निको हुनेको संख्या १७ हजार २ सय १ जना पुगेको छ । त्यस्तै, हाल मुलुकमा ८ हजार १ सय ९३ जना सक्रिय संक्रमित रहेका प्रवक्ता गौतमले जनाएका छन् ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ६८ जना संक्रमित थपिएका हुन् । जसमा चितवनका ९, बाँकेका ११ र बर्दियाका १२ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
त्यस्तै, काठमाडौँमा ८० र ललितपुरका ९, भक्तपुरमा ९ र धनुषाका २७ जना, काभ्रेपलाञ्चोकका ९ र रामेछापका ३ जनामा कोरोना पुष्टि भएको छ ।
मोरङका ६५, सप्तरीका २, सिरहाका ५, सुनसरीका १६ र तेह्रथुमका १, बझाङ र डडेल्धुराका १ १ जनामा कोरोना पाइएको छ ।
त्यस्तै, दोलखाका ५, उदयपुरका १, कपिलवस्तु र नवलपरासी पूर्वका १ १ जना रहेका छन् ।
बाराका ३ र पर्साका २४ जनामा संक्रमण देखिएको छ । खोटाङका ६, रसुवाका १, सर्लाहीका ५४, कास्कीका ११, दैलेखका, सुर्खेतका ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
सुनसरीका ३, गुल्मीका १, कपिलवस्तुका ३१ र रुपन्देहीका २ जनामा कोरोना पुष्टि भएको छ ।
महोत्तरीका ९, बागलुङका २, गोरखाका १, नवलपरासी पूर्व र स्याङजाका १ १ र तनहुँका २ जनामा कोरोना पुष्टि भएको छ ।
दाङका ११, सिन्धुलीका १, मकवानपुरका २१, रौतहटका ४, उदयपुरका १, दैलेखका २ र सुर्खेतका १ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयले गत २४ घण्टामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण भएको जनाएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ५ लाख ५ हजार ६ सय ६० पुगेको छ ।















प्रतिक्रिया