६ कार्तिक २०८३, शुक्रबार

यी ५ जिल्लामा छन् ५ सय बढी कोरोना संक्रमित

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३१ साउन । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २६ हजार १९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशका ५ जिल्लामा ५ सय भन्दा धेरै कोरोना संक्रमितहरु रहेका  छन् । जसमा काठमाडौँ, मोरङ, रौतहट, पर्सा र महोत्तरी जिल्ला रहेका छन् ।

त्यस्तै, कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय २ जना पुगको छ भने निको हुनेको संख्या १७ हजार २ सय १ जना पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार हाल देशभर ८ हजार १ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् ।