
काठमाडौँ, ३१ साउन । बाँकेमा थप १० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना र बर्दियाका २ जना र दाङका एक जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बाँकेका संक्रमितहरुमध्ये ९ जना नेपालगञ्जका रहेका छन् । ४ सय ७० जनाको स्वाब परीक्षण गर्दा १३ जनाको रपोर्ट पोजेटिभ आएको हो । यससँगै बाँकेमा संक्रमितको संख्या ७ सय १० जना पुगेको छ ।















प्रतिक्रिया