
काठमाडौँ, ३० साउन । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका थप ८ जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरुमा डाक्टर, नर्स तथा कर्मचारी रहेका अस्पतालले जनाएको छ । हालसम्म अस्पतालका २६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये १४ जना उपचाररत छन् ।
इमर्जेन्सी वार्डका करिब एक सय जनाको स्वाब परीक्षण गरिएको छ । अझै केहीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।
त्यस्तै, २ जना कोरोना संक्रमित चिकित्सकको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
अस्पतालका अनुसार संक्रमितहरु एक जना वीर अस्पताल र एक जना विराटनगरको नोबेल हस्पिटलका हुन् । दुवैको स्वास्थ्य स्थिति स्थिर रहेको बताइएको छ ।















प्रतिक्रिया