६ कार्तिक २०८३, शुक्रबार

मोरङको एउटै उद्योगका ५१ जनामा कोरोना पुष्टि

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० साउन । मोरङको एउटै उद्योगका ५१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

बुढीगंगा गाउँपालिका १ स्थित रहेको आरती स्ट्रिप्स प्रालिमा कार्यरत ५१ जना मजदुर र कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

सुरुमा २ जनामा मजदुरमा संक्रमण देखिएको र उनीहरुकै कन्ट्याक्ट ट्रेसिङमा अन्यमा संक्रमण पुष्टि भएको बताइएको छ ।

उद्योगका २ सय जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको हो ।